खाद्य संस्थानको सिइओका लागि आवेदन आह्वान
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी सिइओमा आवेदन आह्वान गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम सिइओका लागि आवेदन माग गरिएको समितिले जनाएको छ ।
आवेदन आगामी २१ दिनभित्र दिन सकिनेछ । समितिका अनुसार, अनुभव, योग्यतालगायत विस्तृत जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
खाद्य संस्थानमा अहिले मोहन प्रकाश चन्द कार्यकारी अधिकृत छन् । उनको कार्यकाल सकिन लागेकाले त्यसअगावै नयाँ प्रमुख कार्यकारी अधिकृत चयनका लागि प्रक्रिया थालिएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया