पोखरामा माइक्रोबस र जीप ठोक्किए, ८ चिनियाँ घाइते
काठमाडौं । पोखरामा माइक्रो बस र जीप आपसमा ठोक्किँदा ८ चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको अवस्था मध्यम छ ।
पोखराको राष्ट्र बैंक चोकमा बिहीबार बिहान ४ः४० बजे बा १३ च ५१३७ नम्बरको स्कार्पियो जीप र हाइस माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, माइक्रो बसमा सवार १३ जनामध्ये ८ जना घाइते भएका छन् । जीपमा भने चालक मात्र थिए । घाइते सबै चिनियाँ नागरिक हुन् ।
घाइते सबैलाई उद्धार गरेर गण्डकी कलेज भर्ना गरिएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
माइक्रो बस र जीप दुवैका चालक प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका दुवैमाथि अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया