पोखरामा माइक्रोबस र जीप ठोक्किए, ८ चिनियाँ घाइते
काठमाडौं । पोखरामा माइक्रो बस र जीप आपसमा ठोक्किँदा ८ चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको अवस्था मध्यम छ ।
पोखराको राष्ट्र बैंक चोकमा बिहीबार बिहान ४ः४० बजे बा १३ च ५१३७ नम्बरको स्कार्पियो जीप र हाइस माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, माइक्रो बसमा सवार १३ जनामध्ये ८ जना घाइते भएका छन् । जीपमा भने चालक मात्र थिए । घाइते सबै चिनियाँ नागरिक हुन् ।
घाइते सबैलाई उद्धार गरेर गण्डकी कलेज भर्ना गरिएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
माइक्रो बस र जीप दुवैका चालक प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका दुवैमाथि अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया