तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आवमा पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रूपैयाँ सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।
नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया