नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए ।
संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।
यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया