तोलामा सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।
बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३८ हजार छ सय ५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया