कोलम्बियामा अकस्मात वर्षा, १३ को ज्यान गयो
काठमाडौं (एजेन्सी) । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरू केही हराइरहेका बताइएको छ ।
त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।
यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया