काठमाडौंमा प्रहरीको ‘रोडसाइड रोल कल’ कार्यक्रम
काठमाडौं । प्रहरीमा आम नागरिकको पहुँच बढाउन काठमाडौंमा प्रहरीले ‘रोडसाइड रोलकल’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ । न्यायमा पहुँच नभएका समुदायमा पुग्न प्रहरीले यस्तो कार्यक्रम सुरु गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले कार्यक्रमको शुक्रबार उद्घाटन गरेका छन् । यस कार्यक्रम अन्र्तगत समुदायमै गएर आम सर्वसाधरणका गुनासा र समस्या प्रहरीले सुन्ने थालेको छ । जसको पहिलो कार्यक्रम शुक्रबार हलचोकमा गरिएको छ ।
पहिलो चरणमा काठमाडौंका विभिन्न १० ठाउँमा यसरी आम मान्छेका समस्या सुन्न प्रहरीको योजना छ ।
राज्यमा पहुँच नभएका व्यक्तिहरुका समस्या सुन्ने उदेश्यले यो कार्यक्रमको सुरु गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी खत्री बताउँछन् । ‘भुईमान्छेको पहुँच प्रहरीमा सहजै पुगोस् भन्ने उदेश्यले हामीले यो नव प्रवर्तनीय कार्यक्रमको सुरुवात गरेका हौं,’ उनी भन्छन्,‘यसले प्रहरीमात्र होइन राज्यप्रतिकै नागरिकको विश्वास बढाउँछ भन्ने हाम्रो विश्वास छ ।’
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया