विप्लव नेकपा पनि सत्ता गठबन्धनमा !
काठमाडौं । विप्लव नेतृत्वको नेकपामा निर्वाचनमा सहभागी हुने विषयलाई लिएर मतान्तर छ । एउटा पक्ष वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जानुपर्ने पक्षमा छ भने अर्को विपक्षमा खडा छ ।
कलहमा फसेको यही दलको एउटा गाउँपालिका कमिटीले भने एक कदम अघि बढेर सत्ता साझेदार दलसँग गठबन्धन नै गर्ने निर्णय गरेको छ ।
विप्लव नेतृत्वको नेकपाको प्युठानस्थित माण्डवी गाउँपालिकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर आगामी स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय लिएको हो ।
शुक्रबार यी दल सम्मिलत बैठकपछि विज्ञप्ति जारी गरिएको छ । जसको व्यहोरामा आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दलीय अस्तित्व स्वीकार गर्ने गरी गठबन्धनसहित एक ढिक्का भएर अघि बढ्ने उल्लेख छ । त्यसमा विप्लवका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया