रामकुमारीको दाबी– हल्ला चलेजस्तो अर्थतन्त्र धराशायी भएको छैन
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छन् । आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन् ।
मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको भन्दै त्यसो नगर्न आग्रह पनि गरेकी छन् ।
उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”
सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताइन् । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको उनले धारणा राखे ।
अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने जोड दिए । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया