बिहारमा ६० फिट लामो फलामको पुल चोरी
पटना । भारतको बिहार राज्यस्थित सासाराम जिल्लामा ६० फिट लामो पुल चोरी भएको छ । समाचार एजेन्सी पिटिआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी दाबी गर्ने केही व्यक्तिले पुल चोरी गरेको बताएको छ ।
चोरी भएको पुलको तौल ५०० टन थियो । सन् १९७२ मा नहरमा पुल निर्माण गरिएको थियो । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सासारामका एसपी आशिष भारतीले भने, ‘सिँचाइ विभागको पुल प्रयोगमा थिएन । सिँचाइ विभागबाट पुल लिन आएको उनीहरूकाे भनाइ थियो । त्यही भएर गाउँलेलाई जानकारी दिएनन् ।’
प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान सुरु गरेको एसपीले बताए । यस विषयमा जिल्लाका फलाम व्यवसायीलाई पनि सचेत गराइएको छ ।
बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले यस विषयमा नितिश सरकारमाथि आक्रोश पोखेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘४५ वर्ष पुरानो ५०० टन फलामको पुल १७ वर्षको बीजेपी–नितिश सरकारले दिउँसै लुट्यो । चोरहरूले ग्यास कटर, जेसीबी र सयौं मजदुर लिएर आएर पुल भत्काएका थिए । पुल चोर जनादेश पाइरेसीबाट बनेको एनडिए सरकारबाट प्रेरित छ ।’
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया