यस्तो छ कतारी राजा थानीको बुधबारको कार्यक्रम

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रीभोज दिएका छन् । थानी बसेकै सोल्टी होटलमा उनले भोज दिएका हुन् ।
त्यसअघि शीतलनिवासमा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको थियो ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम छ । औपचारिक वार्ता ४५ मिनेटका लागि हुनेछ । त्यसपछि बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकाजमा दिवाभोज दिनेछन् ।
दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यतालिका छ। बुधबार अपराह्न २ बजे कतारको दोहा प्रस्थान गर्नेछन् ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया