एक किलो सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया