अब काठमाडौंमा बस चढ्नेबित्तिकै २० रूपैयाँ
काठमाडौं । संघ सरकारले लामो दूरीको सवारी साधनको भाडा समायोजन गर्दै वृद्धि गरेलगत्तै छोटो दूरीका सार्वजनिक तथा मालबाहक सवारी साधनको पनि भाडा वृद्धि भएको छ ।
भौतिक पूर्वाधार तथा यायायातमन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै वाग्मती प्रदेश सरकारले पनि भाडा बढाएको हो ।
काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारी साधनमा चढ्नेबित्तिकै २० रूपैयाँ भाडा लाग्ने भएको छ । आगामी १ वैशाखदेखि लागू हुने भाडाअनुसार ५ किलोमिटरसम्मको भाडादर २० रूपैयाँ कामय गरिएको छ । यसअघि १८ रूपैयाा थियो । प्रदेश सरकारले १० किमिसम्मको भाडा २५ रूपैयाँ, १५ किमिसम्मको ३० रूपौयाँ, २० किमिसम्मको ३३ रूपैयाँ र २० भन्दामाथि दूरीका लागि ३८ रूपैयाँ भाडा कायम गरेको छ । राजधानी दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया