सुनको मूल्य ८०० रूपैयाँले उकालो
काठमाडाैं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७० रुपैयाँ तोकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया