क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध
काठमाडौं । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग लज्जास्पद हार चाखेको छ । इग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले ४–० गोलान्तरको फराकिलो हार ब्यहोरेको हो ।
म्यानचेस्टर युनाइटेड निकै दबाबमा परेको खेलमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसले १२औं मिनेटमा पहिलो गोल गरे । डेनियल मुनोजको पास सदुपयोग गर्दै उनले आफ्नो टिमलाई सुरुआती अग्रता दिलाएका हुन् ।
त्यसैगरी, ४०औं मिनेटमा जिन फिलिप मटेटा, ५८औं मिनेटमा टायरिक मिचेल र ६६औं मिनेटमा ओलिसले क्रिस्टलका लागि समान १–१ गोल गरे ।
योसँगै क्रिस्टल प्यालेस ३६ अंक जोडेर १४औं स्थानमा छ भने ५४ अंक रहेको युनाइटेड आठौं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया