सुनको मूल्य बढ्यो
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकाेमा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया