उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री

काठमाडौं । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकार छाड्ने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि यादबले सरकार छाड्ने तयारी गरेका हुन् । यादब सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।
गत साता जसपा नेपाल फुटेर अर्काे जसपा बनेको छ । अशोक राई नेतृत्वको सो दललाई सरकारमा ल्याएर प्रधानमन्त्रीले उपेन्द्रलाई हटाउने तयारी गरेका छन् । यही हप्ताभित्र मन्त्रिपरिषद् पुर्नगठन हुने बालुवाटार स्रोत बताउँछ ।
हाल उपेन्द्रको दलबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । वनमन्त्री रहेका नवलकिशोर साह सुडी अशोक राईतर्फ लागेका छन् । वनराज्यमन्त्री दीपक कार्की भने उपेन्द्रसँगै छन् ।
स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याइने सम्भावना छ । त्यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि सहभागी गराउन लागिएको छ । जसअनुसार एमाले र माओवादीका केही मन्त्रीहरु समेत हट्न सक्ने सम्भावना छ ।
उपेन्द्रलाई हटाउने रणनीति अन्र्तगत नै मधेस प्रदेश सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएका छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया