२०७७ यताका प्रहरीको वैकल्पिक सूचीमा परेकालाई कामपाले जागिर दिने !
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान पदको प्रतीक्षा (वैकल्पिक) सूचीमा परेकालाई काठमाडौं महानगरपालिका (कामपा) ले नगर प्रहरीको जवान पदमा अवसर दिने भएको छ ।
यी दुई प्रहरी संगठनले ०७७ सालदेखि अहिलेसम्म गरेको पदपूर्ति प्रक्रियामा जवानतर्फ वैकल्पिक सूचीमा परेकालाई कामपाले नगर प्रहरीको जवान पदमा जागिर दिने भएको हो ।
वैकल्पिक सूचीमा परेका सबैलाई यस्तो अवसर दिन लागिएको हो कि सीमितलाई भन्नेबारे भने कामपाले विस्तृतमा खुलाएको छैन ।
प्रहरी संगठनको प्रतीक्षा सूचीमा परेकालाई नगर प्रहरीको करार सेवामा नियुक्ति दिन कामपाले सूची संकलन समेत थालेको छ । गृह मन्त्रालयलाई एक लेखेर कामपाले ०७७ यता प्रतीक्षा सूचीमा परेकाको विद्युतीय कपी मागेको हो ।
आफैंले प्रक्रिया थालेर नयाँ भर्ना गर्न झन्झटिलोसँगै खर्चिलोसमेत हुने भएकाले कामपाले सुरक्षा संगठनको वैकल्पिक सूचीमा परेकाबाट नगर प्रहरी लिने नीति अख्तियार गर्दै आएको छ । यसअघि पनि नगर प्रहरीको जवान पदमा सुरक्षा संगठनको प्रतीक्षा सूचीमा परेकासँग आवेदन आह्वान गरेर नियुक्ति गरेको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया