यती एयरलाइन्सको ‘यती एक्स्ट्रा केयर’ स्किम सार्वजनिक
काठमाडौं । यती एयरलाइन्सले नयाँ वष २०७९ वैशाख एक गतेबाट ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ । एयरलाइन्सले सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी उक्त स्किम ल्याएको हो ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बतौलाका अनुसार यात्रुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न यो योजना ल्याइएको हो । यस योजनाअन्र्तगत यतीको मोबाइल एप तथा वेवसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन सम्मका लागि एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्ने छन् ।
यो योजना तीन महिनासम्म लागू हुने बतौलाले जानकारी दिए ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया