आत्मघाती गोलले खुमलटारलाई पहिलोपटक ‘ए’ डिभिजनमा पुर्यायो
काठमाडौं । खुमलटार युथ क्लब शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
’बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमाआज सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बूले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्दै ‘ए’ डिभिजनमा बढुवा भएको हो ।
यसअघि सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
तर, लिम्बूले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकाल्न पुग्यो ।
जितसँगै खुमलटार ’बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै ‘ए’ डिभिजनमा उक्लिएको हो ।
खुमलटार पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया