ओली भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गर्न उनी बालकोट पुगेका हुन् । गृहमन्त्री लामिछाने समेत सहकारी ठगीमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । लामिछानेको नामै किटेर संसदीय समिति बनाउन उसको माग छ । तर, सत्ता गठबन्धन त्यसमा तयार नहुँदा संसद चल्न सकेको छैन । बजेटको मुखमा संसद अवरुद्ध हुँदा निकासका लागि छलफल चलिरहेको छ ।
अर्काेतर्फ कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा पनि सत्ता गठबन्धनको आलोचना भइरहेको छ । गृहमन्त्री लामिछानेको योजना र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्डको साथमा सिरोहिया पक्राउ परेको आरोप लाग्दै आएको छ ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया