NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

ओली भेट्न बालकोट पुगे गृहमन्त्री लामिछाने 

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली भेट्न गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गर्न उनी बालकोट पुगेका हुन् । गृहमन्त्री लामिछाने समेत सहकारी ठगीमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । लामिछानेको नामै किटेर संसदीय समिति बनाउन उसको माग छ  । तर, सत्ता गठबन्धन त्यसमा तयार नहुँदा संसद चल्न सकेको छैन । बजेटको मुखमा संसद अवरुद्ध हुँदा निकासका लागि छलफल चलिरहेको छ ।

अर्काेतर्फ कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा पनि सत्ता गठबन्धनको आलोचना भइरहेको छ ।   गृहमन्त्री लामिछानेको योजना र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्डको साथमा सिरोहिया पक्राउ परेको आरोप लाग्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष