संसद् बैठक बस्दै, विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने तयारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको संसद् सचिवालयले जनाएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने आजको बैठकको कार्यसूची छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । यद्यपि, विरोधकै बीच सरकारले आफ्नो नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ ।
यसैबीच, प्रधानमन्त्री दाहालले आइतबार फेरि कांग्रेस नेतासँग नीति तथा कार्यक्रम पारितका लागि सहयोग माग्ने भएका छन् । त्यसका लागि उनले संसद् बैठक अगाडि कांग्रेस शीर्ष नेतासँग संवाद गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार यही जेठ २ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकार त्यसअगावै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने दबाबमा छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया