दिल्लीले शीर्ष स्थानको कोलकत्तालाई हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको हो ।
आइतबार साँझ मुम्बईमा भएको खेलमा दिल्लीले कोलकत्तालाई ४४ रनले हराएको हो ।
दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो ।
यस जितसँगै दिल्लीले ४ खेलमा ४ अंक जोडेको छ ।
दिल्ली छैटौं स्थानमा रहेको छ भने हारका बाबजुद कोलकत्ता ५ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया