सिरोहियामाथिको अनुसन्धान सकिएन, म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि प्रहरीले आज अदालतमा लैजाने तयारी गरेको छ ।
सिरोहियामाथिको अनुसन्धान नसकिएपछि तेस्रो पटक म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा प्रस्तुत गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले सिरोहियामाथिको अनुसन्धान नसकिएकाले म्याद थपका लागि सोमबार अदालतमा लैजाने तयारी गरिएको जनाएको छ ।
नागरिकता कीर्ते अभियोगमा जिल्ला अदालत, धनुषाको अनुमतिमा पक्राउ पुर्जी जारी गर्दै प्रहरीले जेठ ८ गते सिरोहियालाई काठमाडौंबाट पक्राउ गरेको थियो । सोही दिन धनुषा लगिएका उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै अहिले भने उनी अस्पताल भर्ना भएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया