सिरोहियामाथिको अनुसन्धान सकिएन, म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि प्रहरीले आज अदालतमा लैजाने तयारी गरेको छ ।
सिरोहियामाथिको अनुसन्धान नसकिएपछि तेस्रो पटक म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा प्रस्तुत गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले सिरोहियामाथिको अनुसन्धान नसकिएकाले म्याद थपका लागि सोमबार अदालतमा लैजाने तयारी गरिएको जनाएको छ ।
नागरिकता कीर्ते अभियोगमा जिल्ला अदालत, धनुषाको अनुमतिमा पक्राउ पुर्जी जारी गर्दै प्रहरीले जेठ ८ गते सिरोहियालाई काठमाडौंबाट पक्राउ गरेको थियो । सोही दिन धनुषा लगिएका उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै अहिले भने उनी अस्पताल भर्ना भएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया