चलचित्रकर्मीलाई सरकारले परिचयपत्र दिने, इच्छुकसँग आवेदन माग
काठमाडौं । चलचित्रकर्मीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि उसले आवेदन माग गरेको छ ।
चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो ।
चलचित्रको माध्यमबाट राष्ट्रलाई पु–याएको योगदानको कदरस्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले परिचयपत्र लिन इच्छुक चलचित्रकर्मीलाई तोकिएको ढाँचामा १५ दिनभित्र आइपुग्ने गरी निवेदन दिन पनि अनुरोध गरेको छ । यस्तो निवेदन बोर्डको कार्यालयमा गएर वा इमेलमार्फत पनि दिन सकिनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया