भारतमा तीर्थयात्रु सवार बस खस्यो, २२ को मृत्यु
काठमाडौं । भारतको जम्मुमा तीर्थयात्रु सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।
जम्मु–पुँछ राजमार्गअन्तर्गत चोकीचोरा भन्ने स्थानमा बिहीबार बस दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट करिब १५० फिट तल खसेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बसमा हाथरस र राजस्थानका करिब ९० तीर्थयात्रु सवार थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत घोषणा गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया