बजेट क्यलेण्डर बनाएर काम गरौं – सांसद सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेट क्यालेण्डर नै बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
बजेट क्यालेण्डर निर्माण गरेर काम नगर्ने हो भने असारे विकासको पुनरावृत्ति हुने खतरा रहेको उनले बताए । ‘ठेक्का लगाउने कार्यालय, प्रोजेक्ट म्यानेजर सबैले राम्रोसँग अनुगमन गरेर काम गरे पनि नगरेपनि तलब पाक्ने व्यवस्था छ । काम नगर्दा दण्डित र काम गर्दा पुरस्कृत हुने बजेट क्यालेण्डर नै बनाउनुपर्ने आवश्यकता म देख्दछु,’ उनले भने ।
योसँगै सार्वजनिक खरिद ऐनको बारेमा गम्भीर बहस नै चलाउनुपर्ने माग पनि उनले राखेका छन् ।
आगामी वर्षको बजेट सफल कार्यान्वयन हुन सकेमा डेढ दशककै सबैभन्दा उत्कृष्ट बजेट र सफल अर्थमन्त्रीका रुपमा सम्भावना पनि रहने उनको दाबी छ । त्यसका लागि हालका चुनौतीलाई सम्बोधन गर्न पनि लाग्नुपर्ने उनको सुझाव छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया