ओलीको स्ट्याटसमा भन्दा बालेनको कमेन्टमा धेरै लाइक !

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पोस्ट्मा भन्दा त्यसमा प्रतिक्रिया जनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कमेन्टमा बढी लाइक आएको छ ।
एमाले अध्यक्ष ओलीले पत्नी राधिकासँग केही समयअघि गोसाइकुण्ड खिचाएकाे तस्बिर सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट् गरेका थिए । पोस्ट्मा एक सातादेखि फेसबुक नचलाएको र गोसाइकुण्ड सम्झँदा पनि शीतलता महसुस हुने ओलीले उल्लेख गरेका छन् ।
ओलीको पोस्ट्मा सोमबार बिहान ओलीविरुद्ध आक्रोस पोख्ने उनै बालेन कमेन्ट गर्न आइपुगे– ‘ओहो, गूड नाइट केपी बा, ह्याभ अ स्विट ड्रिम’ ।
ओलीको पोस्ट् र बालेनको कमेन्टमा अहिले क्रियाप्रतिक्रिया उत्पन्न भइरहेका छन् । बालेनले गरेको कमेन्टलाई मनोरञ्जनका रूपमा लिँदै धेरैले उनलाई साथ दिएका छन् । रमाइलो त के छ भने ओलीको पोस्ट्मा भन्दा बालेनको कमेन्टमा बढी लाइक आइरहेको छ । ओलीको पोस्ट्मा अहिलेसम्म ५४ हजारले लाइक गर्दा बालेनको कमेन्टमा लाइक गर्नेको संख्या ८५ हजार छ । बालेनको कमेन्टमाथि ६ हजार ६७ वटा त रिप्लाई नै आएका छन् ।
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका पात्रमा काठमाडौं महानगरपालिकाका मेयर शाह अग्रपंक्तिमा छन् । उनले लेखेका स्ट्याटसमा केही मिनेटमै हजारौंले लाइक तथा कमेन्ट आउने गरेका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया