पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन आह्वान
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन माग गरिएको छ ।
केही समयदेखि रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले बुधबार आवेदन माग गरेको हो ।
बुधबार दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित गर्दै कोषले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अबको १० दिनभित्र आवेदन दिन भनेको छ ।
कार्यालय समयमा कोषको समितिको सचिवालयमा गएर आवेदन दिन सकिने कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । लगत्तै कार्यकारी निर्देशकको नियुक्ति मापदण्डविपरीत रहेको जिकिर गर्दै उच्च अदालत, पाटनमा परेको रिटमा निवेदकको पक्षमा अन्तरिम आदेश आएपछि पुन पदमुक्त भएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया