सन्दीप वेस्ट इन्डिज पुगेपछि हरिवंशले दिए बधाई
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेले दुई खेल खेल्न पाउने भएपछि वरिष्ठ कलाकार हरिवंश आचार्यले बधाई दिएका छन् ।
अमेरिकाले भिसा नदिएपछि नेपालको पहिलो खेल गुमाएका सन्दीप अहिले वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप वेस्ट इन्डिज पुगेको जानकारी दिएसँगै आचार्यले सामाजिक सञ्जालमा एक पोस्ट् लेखेर बधाई दिएका हुन् ।
‘सन्दीपप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएकोमा हार्दिक बधाई र सम्पूर्ण टोलीलाई सफलताको शुभकामना,’ आचार्यले फेसबुकमा लेखेका छन् ।
अमेरिकाले भिसा नदिएपछि त्यसतर्फ जान रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सहभागिता जनाउनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया