ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङसम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए।
डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।
ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो । यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट बैंकिङ प्रदान गर्दै आइरहेको छ ।
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखामार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया