श्रीमतीको हत्या अभियोगमा एक पक्राउ

उदयपुर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ५ सिसाघारीका ४२ वर्षीया पोष्टराज दाहाल रहेका छन् ।
उनले श्रीमती ३८ वर्षीया नानुमाया दाहालको चिर्पट प्रहार गरी हत्या गरेको उदयपुर प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई बसिरहेको अवस्थामा चिर्पटले हान्दा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया