असारका लागि अधिकांश बैंकहरूले घटाएर सार्वजनिक गर्यो ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । भोलिबाट असार महिना सुरू हुँदैछ । वाणिज्य बैंकहरूले असारको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ११ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।
घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल एसबिआई, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स इन्टरनेशल, स्टान्डर्ट चाटर्टड, एनएमबी बैंक, एनआईसी एशिया रहेका छन् ।
असार महिनाको लागि तीन वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरूमा नबिल, माछापुछ्रे र हिमालयन बैंक हुन् । नबिल बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याज दिने भएको छ । माछापुछ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ र संस्थागत निक्षेपमा ७ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।
नेपाल बैंक, सिदार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंकले जेठ महिनाको लागि व्यक्तिगत निक्षेपमा ६.७५ र संस्थागत ४.७५ ब्याजर दिएकोमा असारमा पनि सोही ब्याजदर लागू हुने भएको हो ।
जेठ महिनाको लागि सिदार्थ बैंकले व्यक्तिगततर्फ ७ र मुद्दती निक्षेपमा ५.७५, नेपाल इन्भेष्टमेन्ट बैंकले व्यक्तिगततर्फ ७ र मुद्दती निक्षेपमा ६ प्रतिशत र प्रभु बैंकले व्यक्तिगततर्फ ७.५, मुद्दती निक्षेपमा ६.५ ब्याजदर दिएकोमा असारमा पनि सोही ब्याजदर कायम गरेको छ ।
प्रतिक्रिया