खानेपानी मन्त्रालयका सूचना अधिकारी भन्छन्, ‘भोलि मेलम्चीको पानी उद्घाटन हुँदैछ भन्ने जानकारी छैन’
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भोलि (मंगलबार) दोस्रो पटक उद्घाटन हुने विषय अहिले बाहिर आएको छ ।
मंगलबार अम्बाथान पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानीमन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेको समाचार विभिन्न सञ्चारमाध्यमा आइरहेको छ ।
तर, खानेपानी मन्त्रालयकै सूचना अधिकारीलाई भने प्रधानमन्त्री देउवाले भोलि मेलम्चीको पानी उद्घाटन गर्ने विषय जानकारी छैन ।
सूचना अधिकारीसमेत रहेका सहसचिव विनोदकुमार खनालले मेलम्चीको पानी भोलि काठमाडौं आउन लागेको विषय आफूलाई जानकारी नभएको बताए ।
प्रधानमन्त्री र खानेपानीमन्त्रीले उद्घाटन गर्ने विषयबारे त उनले झनै अनविज्ञता प्रकट गरे ।
‘प्रधानमन्त्रीले भोलि मेलम्चीको पानी उद्घाटन गर्ने भन्ने विषय औपचारिक रूपमा निर्णय भएको छैन’, नेपालवाचसँग उनले भने, ‘यो विषय मलाई कसैले जानकारी नै दिएको छैन ।’
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया