नि:शुल्क पढाउने युनाइटेड वर्ल्ड कलेजको विशेषता, काम र उद्देश्य
काठमाडौं । विश्वभरि १८ वटा शाखामार्फत विद्यार्थीहरूलाई नि:शुल्क फण्डमा पठाइरहेको संस्था हो, युनाइटेड वर्ल्ड कलेज (यूडब्ल्यूसी)। कलेजले सबै देशबाट विद्यार्थी आह्वान गर्छ र छनाेट भएकालाई पढाउँछ । कलेजले विद्यार्थी छनाेट भने तीन चरणमा गर्छ, लिखित, मौखिक र अन्तर्वार्ता । यी तीनै चरणमा पास भएका विद्यार्थीलाई कलेजले दुईवर्षे कोर्स दिन्छ । यूडब्ल्यूसीले यसको लागि निश्चित उमेर हद तोकेको छ । जसमा १५ देखि १७ वर्षका विद्यार्थीले मात्र आवेदन दिन सक्छन् ।
यूडब्ल्यूसीमा बिना फण्ड निजी खर्चमा पढ्दा लगभग ३० देखि ४० लाख रूपैयाँ लाग्छ । नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगको नयाँ श्रृंखलामा यूडब्ल्यूसीका पूर्व विद्यार्थी प्रताप घिमिरेसँग कलेजको विशेषता, काम, उद्देश्यलगायत विषयमा केन्द्रित रहेर प्रस्तोता एवं किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले कुराकानी गरेका छन् ।
कुराकानीको पूरा अंक तलको लिंकमा गएर हेर्नसकिन्छ :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया