NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नि:शुल्क पढाउने युनाइटेड वर्ल्ड कलेजको विशेषता, काम र उद्देश्य

काठमाडौं । विश्वभरि १८ वटा शाखामार्फत विद्यार्थीहरूलाई नि:शुल्क फण्डमा पठाइरहेको संस्था हो, युनाइटेड वर्ल्ड कलेज (यूडब्ल्यूसी)। कलेजले सबै देशबाट विद्यार्थी आह्वान  गर्छ र छनाेट भएकालाई पढाउँछ । कलेजले विद्यार्थी छनाेट भने तीन चरणमा गर्छ, लिखित, मौखिक र अन्तर्वार्ता । यी तीनै चरणमा पास भएका विद्यार्थीलाई कलेजले दुईवर्षे कोर्स दिन्छ । यूडब्ल्यूसीले यसको लागि निश्चित उमेर हद तोकेको छ । जसमा १५ देखि १७ वर्षका विद्यार्थीले मात्र आवेदन दिन सक्छन् ।

यूडब्ल्यूसीमा बिना फण्ड निजी खर्चमा पढ्दा लगभग ३० देखि ४० लाख रूपैयाँ लाग्छ । नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगको नयाँ श्रृंखलामा यूडब्ल्यूसीका पूर्व विद्यार्थी प्रताप घिमिरेसँग कलेजको विशेषता, काम, उद्देश्यलगायत विषयमा केन्द्रित रहेर प्रस्तोता एवं किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले कुराकानी गरेका छन् ।

कुराकानीको पूरा अंक तलको लिंकमा गएर हेर्नसकिन्छ :

 

ताजा अपडेट

नेपालवाच विशेष