मुख्यमन्त्री महरालाई दिएको समर्थन जसपाद्वारा फिर्ता, कस्तो पर्छ असर ?
![मुख्यमन्त्री महरालाई दिएको समर्थन जसपाद्वारा फिर्ता, कस्तो पर्छ असर ?](http://nepalwatch.com/wp-content/uploads/2023/07/lumbini-pradesh-sabha.jpg)
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालले समर्थन फिर्ता लिए पनि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा अल्पमतमा भने परेका छैनन् ।
जसपा नेपालको लुम्बिनी प्रदेशको हालै बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । सोही आधारमा जसपा नेपालको संसदीय दलले समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालकी लुम्बिनी प्रदेशसभा संसदीय दलकी नेत्री अम्बिका काफ्लेले मुख्यमन्त्री महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय लिएको जनाएकी छन् ।
अशोक राईले जसपा नेपाल विभाजन गरी नयाँ दल खोलेपछि त्यसको असर लुम्बिनीमा परेको हो । जसपा नेपालले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा भने पर्दैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा महरालाई बहुमतका लागि ४४ सांसदको समर्थन चाहिनेमा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, जसपाका २, एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक सांसद गरी कुल ४७ सांसदको समर्थन छ ।
ताजा अपडेट
-
ओली–देउवा संवाद बढेपछि प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
-
प्रतिक थापाः जसले नक्कली शरणार्थी प्रकरणमा करोडौं बुझे
-
पेट्रोल र डिजेलको मुल्य बढ्यो
-
सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
-
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
प्रतिक्रिया