ओली–देउवा संवाद बढेपछि प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । सोमबार साँझ उनले बैठक बोलाएका हुन्।
केही दिनयता कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बढीरहेका बेला प्रचण्डले बैठक बोालाएका हुन् ।
शनिबार मात्र ओली निवासमा देउवा र ओलीबीच २ घन्टा लामो छलफल भएको थियो । सो भेटमा देउवाले एमाले र कांग्रेस मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।
ओलीले पनि यथास्थितीमा देश अघि बढ्न सक्दैन भन्ने भाषण गरेका छन् । जसकारण राजनीति तरंगित बनेको छ ।
यता प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने मन्त्रिमण्डल हेरफेर गर्नका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको बताए । नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागि केही मन्त्रीहरु हट्ने सम्भावना छ ।
कतिपय नियुक्तिका विषयमा समेत पछिल्लो समय ओली र प्रचण्डबीच विवाद बढीरहेको छ । जसकारण वर्तमान सरकारको भविष्यमाथि प्रश्न उठिरहेका बेला प्रचण्डले मन्त्रिमण्डल हेरफेर र विस्तार गर्न लागेका हुन् ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया