कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेका छन् । एमालेसँग सत्तासहकार्य गरेर अघि बढ्ने नयाँ राजनीतिक परिस्थितिमाझ देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।
अहिले बिहान ९ बजे देउवानिवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा एमालेसँग भएको सहमति अनुमोदनको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।
एमाले र कांग्रेसबीच गएराति दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्नेलगायत विषयमा सहमति जुटेको छ । त्यस्तै, प्रदेश सरकार सञ्चालन सम्बन्धमा पनि दुई दलबीच समझदारी बनेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया