बेँसीसहर-चामे सडक खुल्यो
लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ ।
यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया