पोर्चुगल स्तब्ध, फ्रान्स सेमिफाइनलमा

काठमाडौं । युरोकप २०२४ मा फ्रान्ससँग पोर्चुगल स्तब्ध बनेको छ । योसँगै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि ३० मिनेट थप गरिएको थियो । यसमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेकोमा फ्रान्स ५–३ ले विजयी भयो ।
फ्रान्सका पाँच वटै खेलाडीले औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवलले पेनाल्टी सदुपयोग गर्दै गरे। तर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले मात्र गोल गर्न सके । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किनु पोर्चुगलका लागि दुर्भाग्यपूर्ण रह्यो ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया