इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता
इन्डोनेसिया ।इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।
भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताए ।
यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।
गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुरयाएको बताउदै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताए ।
क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना प्रभावित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया