स्पेनको पोल्टामा युरो कपको उपाधि
काठमाडौं । स्पेनले चौथो पटक युरो कपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलान्तरमा रोक्दै स्पेनले उपाधि पोल्टामा पारेको हो ।
स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । विलियम्सले ४७औं र मिकेलले ८६औं मिनेटमा गोल गरेका हुन् ।
इंग्ल्याण्डका लागि कोल पाल्मरले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए पनि स्पेनलाई रोक्न सकेन ।
योसँगै स्पेन सर्वाधिक युरो कप जित्ने मुलुक बनेको छ । यसअघि सन् १९६४, सन् २००८ र २०१२ मा पनि स्पेनको पोल्टामा युरो कपको उपाधि परेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया