जर्मनीमा विदाका कारण विवादित बनेकी मन्त्रीले दिइन् राजीनामा
बर्लिन । गत वर्षको विनाशकारी बाढीपछि लामो बिदामा बसेको कुरा बाहिर आएपछि जर्मन क्याबिनेट मन्त्रीले राजीनामा दिएकी छन् ।
विवाद बढेपछि एनी स्पीगलले सोमबार पारिवारीक मामिला, ज्येष्ठ नागरिक, महिला तथा युवा मन्त्रीको पदबाट राजीनामा दिएकी छन् ।
छुट्टिका कारण राजनीतिक दबाबपछि मन्त्री पदबाट बाहिरिने उनी चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पहिलो सदस्य बनिन् । स्पीगेलले यसअघि जुलाईमा बाढीले सबैभन्दा बढी प्रभावित जर्मनी क्षेत्र राइनल्याण्ड-प्यालाटिनेटको वातावरण मन्त्री र डेपुटी गभर्नरको रूपमा काम गरेकी थिइन् ।
देशभरि बाढीमा १८० भन्दा बढीको मृत्यु भएको थियो । राइनल्यान्ड-प्यालाटिनेटको अहर उपत्यकामा मात्रै १३४ व्यक्तिहरूको मृत्यु भएको थियो । चान्सलर स्कोल्जले उनको निर्णयप्रति ‘ठूलो सम्मान’ भएको र स्पीगललाई भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।
बाढी आएको १० दिनपछि स्पीगल फ्रान्समा चार हप्ताको पारिवारिक छुट्टीमा गएकी थिइन् । व्यापक आलोचना भएपछि उनले आइतबार साँझ माफी मागेकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया