गोली हानेर एउटै परिवारका ८ जनाको हत्या
काठमाडौं । अज्ञात व्यक्तिले एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरेका छन् । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया