NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

४ वर्षदेखि रोकिएको त्रिवि उपप्राध्यापकको लिखित परीक्षा भदौ ५ बाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको उपप्राध्यापक पदमा आगामी भदौ ५ गतेबाट परीक्षा सञ्चालन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले ०७७ फागुन र ०७८ असार १५ गते खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विभिन्न विषयका उपप्राध्यापक माग गरेकोमा विशेष कारण देखाउँदै लिखित परीक्षा स्थगन गरेको थियो । उक्त स्थगित परीक्षा आगामी भदौ ५ देखि विभिन्न चरणमा सञ्चालन गर्न लागिएको त्रिवि सेवा आयोगको कार्यालयले जनाएको छ ।

आयोगका अनुसार, प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयको परीक्षा सञ्चालन हुनेछ भने अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका क्रमशः आयोगको वेबसाइटमा प्रकाशन हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष