खानेपानीमन्त्रीले गरे मेलम्चीको उद्घाटन, काठमाडौंमा पानी आउन अझै दुईसाता लाग्ने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सिन्धुपाल्चोकको अम्बाधान पुगेर पानीको उद्घाटन गरेका हुन् ।
आज बिहान ११ बजेर ५५ मिनेटमा उद्घाटन भएसँगै मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । मेलम्ची आनेपानी आयोजना समितिमा सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरका अनुसार काठमाडौंमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।
गत वर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया