धौलागिरी हिमाल आरोहण गर्ने क्रममा ग्रीक नागरिकको निधन
काठमाडाैं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा ग्रीसका एक प्रख्यात आरोहीको आज बिहान मृत्यु भएको छ । आधार शिविरका स्रोतले उनको मृत्यु भएको पुष्टि गरेको हो ।
धाैलागिरीबाट तल ओर्लने क्रममा बिरामी परेका एन्टोनियोस साइकारिसको ७ हजार ४०० मिटरको उचाइमा मृत्यु भएको स्रोतले जनाएको छ । ग्रीक अल्पाइनिस्टले आफ्ना गाइड दावा शेर्पाले सोमबार ८ हजार १६७ मिटर अग्लो हिमालको आरोहण गरेका थिए ।
सेभेन समिट ट्रेक्सले आयोजना गरेको आरोहण अभियानमा सहभागी भएर एन्टोनियोसले यसअघि सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमाल आरोहण गरिसकेका छन्र । यसमा दावाले सहयोग गरेका थिए ।
सेभेन समिट ट्रेकले दावाको उद्धार गर्न र उच्च शिविरबाट एन्टोनियोसको शव संकलन गर्न टोली परिचालन गरिसकेको एसएसटीका अध्यक्ष मिट शेर्पाले घटनाबारे उनको परिवारलाई जानकारी गराइएको बताए।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया