धौलागिरी हिमाल आरोहण गर्ने क्रममा ग्रीक नागरिकको निधन
काठमाडाैं । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा ग्रीसका एक प्रख्यात आरोहीको आज बिहान मृत्यु भएको छ । आधार शिविरका स्रोतले उनको मृत्यु भएको पुष्टि गरेको हो ।
धाैलागिरीबाट तल ओर्लने क्रममा बिरामी परेका एन्टोनियोस साइकारिसको ७ हजार ४०० मिटरको उचाइमा मृत्यु भएको स्रोतले जनाएको छ । ग्रीक अल्पाइनिस्टले आफ्ना गाइड दावा शेर्पाले सोमबार ८ हजार १६७ मिटर अग्लो हिमालको आरोहण गरेका थिए ।
सेभेन समिट ट्रेक्सले आयोजना गरेको आरोहण अभियानमा सहभागी भएर एन्टोनियोसले यसअघि सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमाल आरोहण गरिसकेका छन्र । यसमा दावाले सहयोग गरेका थिए ।
सेभेन समिट ट्रेकले दावाको उद्धार गर्न र उच्च शिविरबाट एन्टोनियोसको शव संकलन गर्न टोली परिचालन गरिसकेको एसएसटीका अध्यक्ष मिट शेर्पाले घटनाबारे उनको परिवारलाई जानकारी गराइएको बताए।
ताजा अपडेट
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
प्रतिक्रिया