चितवनको जलवीरेमा माइक्रोबस दुर्घटना
काठमाडौं । चितवनको जलवीरेमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ग १ ख ९१५५ नम्बरको माइक्रोबस सोमबार बिहान ४ बजे सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
पूर्वीनवलपरासीको कावासोतीबाट हिँडेको माइक्रोबसको गन्तव्य काठमाडौं थियो ।
घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरेर पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया