NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

मुग्लिन–काठमाडौं सडक खुल्यो

काठमाडौं । मुग्लिन–काठमाडौं सडक सञ्चालनमा आएको छ । फिस्लिङमा लेदोसहितको पहिरो खसेपछि सोमबार बिहान साढे ५ बजेदेखि अवरुद्ध सडक साढे २ घण्टापछि सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय, मुग्लिनले सडकमा खसेको पहिरो हटाएर सडक खुलाइएको जनाएको छ ।

सोमबार बिहान सडक अवरुद्ध बनेपछि सवारीसाधनका लामो लाइन लागेका थिए । प्रहरीको अग्रसरतामा पहिरो हटेसँगै अहिले रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष